काठमाडौं । ‘भगवान् श्रीपशुपतिनाथ’ नामक महाग्रन्थको लोकार्पण भएको छ । आइतबार एक समारोहबीच यो ग्रन्थ लोकार्पण गरिएको हो । ग्रन्थको लोकार्पण डा. स्वामी आत्मानन्द गिरी र महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्रा. विद्यानाथ उपाध्याय भट्टले संयुक्तरूपमा गर्नुभएको थियो । करिब १२३८ पृष्ठको महाग्रन्थको स्तुति खण्डमा संस्कृत एवं नेपाली स्तुति र पद्यहरू समावेश छन् ।
तत्व दर्शन खण्ड, उपासना खण्ड एवं इतिहास संस्कृत खण्ड गरी तीन खण्डमा नेपालका विभिन्न विद्वानहरूका ६४ लेख समावेश गरिएको पशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts