दुरुत्साहन मुद्धाका फरार प्रतिवादी पक्राउ

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । श्रीमतिलाई शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य पारेको कसुरमा दुरुत्साहन मुद्धामा फारर प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ ।

जिल्ला अदालतले २०८० श्रावण १४ गते पक्राउ पूर्जी जारी गर्न अनुमति दिएको हुदाँ फरार रहेका भोजपुरको दक्षिण आमचोक गाउँपालिका वडा नम्वर १, का २४ बर्षिय चित्रबहादुर बिश्वकर्मालाई लुकीछिपी बस्दै आएको अवस्थामा गत असोज ५ गते धरानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुदिप राज पाठकले बताउनुभयो ।

ADVERTISEMENT

आफ्नै श्रीमति ३० बर्षिया साबित्रा बिकलाई शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य पारिएको र निजले गाईगोठमा डोरीले घाँटीमा पासो लगाई गत असार ९ गते राती आत्महत्या गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेकोे प्रनाउ पाठकले जानकारी दिनुभयो ।

दुरुत्साहत सम्वन्धी कसुरमा आवश्यक कारवाहीका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्वर २ डाडाँगाउँ बस्ने मृतकका बुबा दुर्गा प्रसाद बिकले गत श्रावण ५ गते प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएकोमा जिल्ला अदालतले श्रीमान पर्ने चित्रबहादुरलाई पक्राउ गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *