अबैध गाँजासहित एकजना पक्राउ

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाही प्रहरीले सिमा क्षेत्र वाट अबैध लागुऔसध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

आज विहान स.प्र.बल नेपाल बि.ओ.पि. छतौनाबाट स.प्र.नि. लाल बहादुर रोकाको कमाण्डमा खटिएको टोलीले सर्लाही जिल्लाको बलरा न.पा. ३ लक्ष्मीपुर स्थित बोर्डर ईलाकामा चेक जाँच गर्ने क्रममा उक्त लागुऔसधसहित एकजनालाई पक्राउ गरेको हो ।

ADVERTISEMENT

प्रहरीले नेपालबाट भारततर्फ जादै गरेको भारतिय नं.BR30H 6745  को पल्सर मोटरसाईकल चेक जाँच गर्ने क्रममा सिट कभरमा लुकाईराखेको ३.१८२ के.जी. लागुऔषध गाँजा फेला पारेको थियो ।

मोटरसाईकलमा सवार सर्लाही गोडैता नगरपालिका वार्ड नं. ११ सिसौटिया बस्ने १७ बर्षिय राजेश कुमार पटेललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गाँजा र मोटरसाईकलसहित ईलाका प्रहरी कार्यालय गडहिया बुझाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *