सन्दीप लामिछानेको मुद्धाको पेशी आज

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं। नावालिग बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेको भविश्य अझै टुंगो लागेको छैन । यद्दपी, क्रिकेटर लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार) को मुद्दाको पेसी भने आज पनि तोकिएको छ ।

जिल्ला अदालत काठमाडौंले यसअघि न्यायाधीश नभएका कारण देखाउँदै गत असोज १ गते स्थगित गरिएको सो मुद्धाको पेशी आजका लागि तोकिएको हो । झन्डै ६ महिना देखी एक वा अनेक बहानामा पटक पटक पेसी तोकिँदै आए पनि अन्तिम फैसला नभई सर्दै आएको बेला आज पेशी तोकिएको हो । गत असोज १ गते अगाडि लामिछानको सो मुद्दाको पेशी गत भदौ २१ गतेका लागि तोकिएको थियो।

ADVERTISEMENT

अन्तिम फैसला भनिएको उक्त पेशीका दिन न्यायाधीश सकुन्तला कार्कीको इजलासले पीडित भनिएकी किशोरी ‘गौशाला २६’ को यकिन जन्ममिति जनाउने कागज नभएकाले पुनः अर्को माग गर्ने आदेश दिए पछि त्यसपछि कुनै काम कारबाही अघि बढेको थिएन । सम्भवतः आजको पेशी पछि अन्तिम फैसाला हुने सक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज