‘गोपीचा’ विमोचन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । विश्व कुइँकेलको ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास ‘गोपीचा’ विमोचन गरिएको छ । राणाकालीन पात्र गोपी शर्मा अर्थात् गोपी च्यामेमाथि आख्यानीकरण गरिएको उक्त उपन्यास लेखकको दोस्रो साहित्यिक कृति हो । एक व्यक्तिले राणाकालमा गरेको जातीय विद्रोहमाथिको विषयबस्तुमा कृति तयार पारिएको छ ।

यसअघि ‘सुगन्धपुर’ कथा संग्र्रहमाथि सकारात्मक प्रतिक्रिया प्राप्त भएका कारण ‘गोपीचा’ तयार भएको लेखक विश्वले बताउनुभयो । कार्यक्रममा आख्यानकार नारायण ढकालले काँठको चरित्रलाई समेत टिपेर ‘गोपीचा’को जातीय विरोधलाई आमपाठकसमक्ष सटिक किसिमले शब्दमा उतार्न सक्नु नै लेखकको दख्खल भएको जिकिर गर्नुभयो ।

ADVERTISEMENT

यस्तै समीक्षक राजकुमार बानियाँ, कुमारी लामा र लेखक शंकर तिवारीले समेत गोपीचा आख्यानमाथि प्रशंसा गर्नुभएको थियो । शिखा बुक्सले प्रकाशन गरेको उपन्यासको मूल्य तीन सय पचहत्तर रूपैयाँ रहेको छ । कार्यक्रम शिखा बुक्सका पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो भने संविधानसभा सदस्य दीपक कुइँकेललगायत विभिन्न साहित्यिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *