आन्दोलनमा जाने भन्दै विद्यालय बन्द गर्ने प्रअहरु नै आन्दोलनमा नगएपछि…

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । शिक्षक आन्दोलनले गर्दा पश्चिम नवलपरासीमा रहेका सामुदायिक विद्यालयहरु बन्द छन् । विद्यालयका प्रअ हरुले सामाजीक संजालमा सुचना निकालेर आन्दोलनमा जानुपर्ने भएकोले विद्यालयको पठनपाठन नहुने उल्लेख गरेपछि विद्यालय बन्द भएका हुन् ।

आन्दोलनमा जानुपर्ने कारण देखाएका कतिपय शिक्षक तथा प्रधानाध्यापकहरु आन्दोलनमा गएका छैनन् । शिक्षक महासंघ नवलपरासीका अनुसार करिव १ हजार २ सय जना शिक्षकहरु महासंघको सदस्यको रुपमा रहेका छन् । जसको करिव ४० प्रतिशत शिक्षकहरु मात्र शिक्षक आन्दोलनमा सहभागि हुन काठमाडौं गएका छन् ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेका ९ वटा माद्यामिक विद्यालयका प्रअहरु मध्ये जम्मा ३ वटा विद्यालयका प्रअहरु मात्र आन्दोलमा काठमाडौंमा रहेको पाईएको हो । राजा महात्मा पूर्णभद्र माविका प्रअ पुष्पराज अधिकारी, ज्ञानज्योती माविका प्रअ नरनाथ लामिछाने र राष्ट्रिय माविका प्रअ शेषकान्त पौडेलमात्र आन्दोलनमा काठमाडौंमा रहेको शिक्षक महासंघका जिल्ला सचिव कृष्ण अधिकारीले बताउनुभयो ।

ADVERTISEMENT

दिब्यज्योती माविका प्रधानाध्यापक रमेश कुँवर, दाउन्नेदेवी माविका चिरञ्जीवी खनाल, नवजीवन मावीका प्रअ कमलप्रसाद अर्याल, नित्यानत्द रत्नकुमारी मावीका प्रअ विश्वराज भट्टराई, सरस्वती मावीका प्रअ सोमनाथ अधिकारी, गंगा मावीका प्रअ भुपेन्द्र रिजाल, शान्तिनिकुञ्ज रेवती गोमता गौतम मावीका प्रअ विनोद खनाल भने आन्दोलनको कारण देखाएर विद्यालय बन्द गरेपनि आन्दोलनमा काठमाडौँ नगएको पाइएको छ ।

शिक्षक महासंघ बर्दघाट नगर अध्यक्ष सभ्यता प्रसाँईका अनुसार नगरमा ३ सय ३० जना शिक्षकहरु रहेकोमा करिव १ सय जना आन्दोलनमा काठमाण्डौमा रहेका छन् । यो संख्या हेर्दा २ सय ३० जना शिक्षकहरु आन्दोलनका नाममा विद्यालय बन्द गर्ने तर आन्दोलनमा नजाने गरेका छन् ।
जिल्लाको तथ्याङ्क हेर्दा झण्डै ६० प्रतिशत र नगरको तथ्याङ्क हेर्दा ७० प्रतिशत शिक्षकहरु आन्दोलनका नाममा विद्यालय बन्द गर्ने तर आन्दोलनमा सहभागी नभएको तथ्याङ्कले देखाएको छ । विद्यालयको प्रशासनको रुपमा रहने प्रधानाध्यापकहरुको झण्डै १० प्रतिशत मात्र आन्दोलमा उपस्थिति देखिन्छ ।

शैक्षिक सुधारका लागि विद्यालय शिक्षा ऐन २०८० संसोधन हुनुपर्ने र त्यसका लागि आन्दोलन गर्नुपरेको बताउने ९० प्रतिशत प्रअहरुनै आन्दोलनमा सहभागि नहुनुले उनीहरुको नियतमाथि प्रश्नचिन्ह खडा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?