कालीकोटमा भीरबाट लडेर एकको मृत्यु

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 1 min

कालीकोट । कालीकोटको पचालझरना गाउँपालिकामा बाख्रा चराउन गएकी ५९ वर्षीया एक वृद्वाको भीरबाट लडेर मृत्यु भएको छ ।

पचालझरना गाउँपालिका वडा नम्बर-४ राम्नाकोट निवासी रतना रोेकायाको बिहीबार मध्यान्हको समयमा भीरबाट लडेर मृत्यु भएको हो ।

घर नजिकैको बनमा बाख्रा चराउन गएको बेला दिउँसो १२ बजे भीरबाट लडेर रोकायाको मृत्यु भएको वडा नम्बर ४ का वडा अध्यक्ष अनरुप रोकायाले जानकारी दिनुभयो ।

ADVERTISEMENT

‘उहाँ घर नजिकैको बनमा बाख्रा चराउन जानु भएको थियो करीब १२ बजे तीर २ सय मिटर तल खसेर उहाँको मृत्यु भइसकेको रहेछ,’ ‘वडा अध्यक्ष रोकायाले भन्नुभयो,’ ‘घर परिवार र गाँउमा साँझ परेका बेला मात्रै थाहा भयो ।’

वडा अध्यक्ष रोकायाका अनुसार मृतक रोकायाको आज शुक्रबार दाहसंस्कार गर्ने तयारी गरिएको छ । कालीकोटमा भीरबाट लडेर बर्सेनि ४०-४५ जनाले ज्यान गुमाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज