खोटाङ अस्पतालमा स्थायी डाक्टर चाँडै व्यवस्थापन गर्ने प्रयासमा छौँ : मन्त्री मेन्याङवो

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । कोशी प्रदेशका स्वास्थ्य मन्त्री तिलककुमार मेन्याङवो जिल्ला अस्पताल खोटाङमा स्थायी डाक्टर सकेसम्म चाँडै व्यवस्थापन गर्ने आश्वासन दिनुभएको छ ।

प्रेस चौतारी नेपाल खोटाङले बिहीबार इन्द्रेणी होटलमा गरेको पत्रकार सम्मेलनमा पत्रकारले जिल्ला अस्पतालमा कति घण्टा र कति दिनमा स्थायी डाक्टर पठाउनु हुन्छ भनेर गरेको प्रश्नमा मन्त्री मेन्याङवोले कति घण्टा लाग्छ, ठ्याक्कै त्यो भन्न नसकिने तर, समस्या समाधान हुने आश्वासन दिनुभयो ।

अस्पतालमा स्थायी डाक्टर नभएको थाहा थियो । तर, यहाँ आएपछि आर्थिक कारोबारसहित अख्तियारी कसैलाई नदिएको कुरा पनि थाहा भयो । डाक्टर, कर्मचारीले दुई महिना तलब खान नपाएको पनि थाहा भयो । मन्त्री मेन्याङवोले भन्नुभयो, 'भर्खरै स्वास्थ्यमन्त्री भएकाले सबै जानकारी छैन । तर, पनि समस्या चाँडै हल हुन्छ ।'

'सिडिओलाई त्यहाँ जानुस भन्दा जान्छ, उसले जादिँन भन्दैन, डिएसपीलाई त्यहाँ जानुस भन्दा गईहाल्छ । तर, डाक्टरहरुलाई चलाउन धेरै गाह्रो छ । जान्न भन्छ, आउँदैन, क्लिनिकमा काम गरिरहन्छ, प्राइभेटमा काम गरेर धेरै पैसा कमाउँछ, सरकारले दिएको तलब केही जस्तो लाग्दैन। स्थायी डाक्टर पनि सकेसम्म चाँडै व्यवस्थापन गर्छौ ।'

ADVERTISEMENT

कोशी प्रदेशमा केही ऐन, कानुनमा त्रुटि रहँदा लोकसेवा स्थगित भएकाले पनि स्वास्थ्य क्षेत्रमा जनशक्ति परिपूर्ति हुन नसकेको मन्त्री मेन्याङवोले बताउनुभयो । चाँडै ऐन, कानुन संशोधन गर्छौ । जतिसक्दो छिटो अस्पतालको समस्या हल गर्छौ ।

हिजो(बुधबार) साँझ दिक्तेल आउनुभएका मन्त्री मेन्याङवोले आज बिहानै जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला आयुर्वेदसँग संयुक्त बैठक बसेर छलफल गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?