तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढ्दै १ लाख ८ हजार ६ सय रुपैयाँ पुगेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ADVERTISEMENT

यता चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज