एन्जल्स हार्ट र पृथ्वीको जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । एन्जल्स हार्ट र पृथ्वीले १७औँ क्विक्स-ग्रिनल्याण्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा जित हात पारेका छन् । एन्जल्स हार्टले वेलमाउन्टलाई २६-२२ ले पराजित गर्‍यो । एन्जल्स हार्टको जितमा अनुशा शर्माले सात अंक योगदान गर्नुभयो । बबिता घिमिरेको सात अंक सहयोगमा पृथ्वीले काठमाडौं ग्लोबललाई २२-१७ ले हरायो । सोही स्पर्धामा रिब्स ‘ए’ ले लालीगुराँस (एलएनए) लाई २२-१७ ले पाखा लगायो । विजेताकी नौशिका लिम्बूले १० स्कोर गर्नुभयो ।

सिनियर ब्वाइज टिआइएले एलएनएलाई ३८-३२ तथा ज्ञानभूमिले युनिभर्सिटीलाई २१-१७ ले पन्छायो । टिआइएका कृष ओलीले १७ तथा ज्ञानभूमिका झाङ्बु शेर्पाले ११ अंक जोड्नुभयो । जुनियर ब्वाइजमा एलएनएले युनिभर्सिटीलाई २४-१९ ले पराजित गर्‍यो । विजेताका मोरिस केसीले १० स्कोर गर्नुभयो ।

ADVERTISEMENT

यता ग्रिनफिल्ड र गोल्डेनगेट इन्टरनेसनलले नेवा प्लस टु थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जिते । ग्रिनफिल्ड ब्वाइज तथा गोल्डेनगेट गल्र्समा च्याम्पियन बने । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइजतर्फ फाइनलमा ग्रिनफिल्डले मनास्लु वल्र्ड कलेजलाई २१-१७ ले पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत गल्र्सको उपाधि भिडन्तमा गोल्डेनगेटले जेभियरलाई १६-२ ले हरायो । दुवै समूहको विजेताले त्रिसराबाट गिफ्ट हृयाम्पर प्राप्त गरे । ब्वाइजमा ग्रिनफिल्डका सोनाम साङ्गु लामा तथा गल्र्समा गोल्डेनगेटकी सन्ध्या डंगोल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । ‘मोस्ट भेलुएबल प्लेयर’ ले लिनिङको गिफ्ट हृयाम्पर पाउनुभयो ।

विजेतालाई राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष दीपक गुरुङ, प्रतियोगिताको अफिसियल पार्टनर लिनिङका राजेन महर्जन र आयोजक संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *