काठमाडौं । शंकरदेव क्याम्पस पूर्वविद्यार्थी समाज (एसडिसी अल्मुनाइ) को तेस्रो साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शंकरदेवलाई म्यानेजमेन्ट विश्वविद्यालयका रूपमा विकास गर्न आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।
प्रदेशसभा सांसद दिपेन्द्र श्रेष्ठले शंकरदेवलाई म्यानेजमेन्ट विश्वविद्यालयका रूपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो भने मुख्य सचिव लिलामणि पौडेलले शंकरदेवलाई पायोनियर स्वायत्त कलेज बनाई विश्व बजारमा व्यवस्थापनको पायनियर कलेजका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । क्याम्पसका पूर्वसभापति शुभराम बस्नेतले पूर्वविद्यार्थी समाज शंकरदेवका अध्यक्ष राजीवविक्रम थापाको नेतृत्वमा भवन निर्माणदेखि कोरोनाका समयमा पहिलो कलेजका रूपमा अनलाइन टिचिङ व्यवस्था तथा विद्यार्थीलाई विभिन्न कम्पनीमा इन्टर्नको व्यवस्था गरी म्यानेजमेन्टमा अब्बल कलेजका रूपमा स्थापित गर्न सहयोग गर्नुभएको थियो ।
समाजको तेस्रो साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा राजीवकुमार थापा निर्वाचित हुनुभएको छ । त्यस्तै, सचिवमा कन्हैयाभक्त राजभण्डारी, कोषाध्यक्षमा अञ्जना अर्याल र सदस्यमा शुभराम बस्नेत, प्रकाश महर्जन, अमृतकुमार पन्थी, सन्तोष गुरुङ, रञ्जन केसी, शिव पाठक, अञ्जित खड्का र राजेश पाठक रहेको निर्वाचन समितिका संयोजक डा. सजीवकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements