काठमाडौं । जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा प्रस्तुत गरिएको कृति डा.ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’को आवरण पृष्ठ अनावरण गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच उक्त कृतिको आवरण पृष्ठ अनावरण गरिएको हो ।
पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्ड तथा २४० पृष्ठ छ । पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असाहय वृद्धवृद्धाका निम्ति डा.ओम फाउण्डेशनमार्फत् खर्च गरिने बताइएको छ । पुस्तक शुक्रबारदेखि अनलाइन बुकिङ गर्न सकिनेछ । दराज, ई-सेवा, हाम्रो पात्रो अनलाइनलगायतका प्लेटफर्मबाट अर्डण गर्न सकिनेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts