गणेशमान सिंह स्मृति फुटसल असोज २ मा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता लौहपुरुष गणेशमान सिंहको २६औँ स्मृति दिवसमा काठमाडौं जिल्लाव्यापी अन्तरपालिका फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । काठमाडौं जिल्ला नेपाल तरुण दलको आयोजनामा हुने प्रतियोगितामा काठमाडौंका ११ पालिकाको सहभागिता रहने नेपाल तरुण दल काठमाडौं जिल्ला अध्यक्ष कृष्णजी खड्काले जानकारी दिनुभयो ।

भदौ ३० गते काठमाडौं महानगरसहित ११ वटै पालिकामा वडास्तरीय प्रतियोगिता सञ्चालन हुने र त्यो प्रतियोगिताको विजेता टोलीले सिंहको २६औँ स्मृति दिवसका दिन असोज २ गते प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक सन्तोष बुढाथोकीले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताले दुई लाख २२ हजार दुई सय २२ र उपविजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् ।

ADVERTISEMENT

यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् । एकदिने प्रतियोगिताका खेलहरू बालुवाटारको ढुकु फुटसलमा सञ्चालन हुनेछ । काठमाडौं जिल्लाका ११ पालिकाका एक सय ३८ वडाबीच हुने बृहत् प्रतियोगिता सञ्चालनका लागि १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिता संयोजक बुढाथोकीले बताउनुभयो ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको २०५४ साल असोज २ गते ८२ वर्षको उमेरमा निधन भएको थियो । सो दिनलाई नेपाली कांग्रेस र पार्टीका विभिन्न भ्रातृ संगठनले स्मृति दिवसका रूपमा मनाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *