काठमाडौं । राज मेक अप स्टुडियोका प्रमुख तथा मेक अप आर्टिष्ट टेकराज पाण्डे सम्मानित हुनुभएको छ । उहाँ जिनियस म्युजिक अवार्डको चौथो संस्करणमा सम्मानित हुनुभएको हो ।
राजधानीको नाचघरमा आयोजित एक समारोहबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालगायत केही विशिष्ट व्यक्तित्वहरूको हातबाट उहाँलाई जिनियस सौन्दर्यकला सम्मानबाट सम्मानित गरिएको थियो ।
लामो समयदेखि सौन्दर्यकला तथा चर्चित मेकअप आर्टिष्टका रूपमा ख्याति कमाउनुभएका पाण्डे इभेन्ट अर्गनाइजरका रूपमा समेत परिचित हुनुहुन्छ ।
मिस एण्ड मिसेस ब्युटिफुल, मिस एण्ड मिसेस ग्यालेक्सीलगायत प्याजेन्टको समेत आयोजना गर्दै आइरहनुभएका पाण्डे दक्ष इन्टरनेशनलका प्रमुख हुनुहुन्छ । थुप्रै राष्ट्रिय, अन्तर्राष्ट्रिय अवार्ड तथा सम्मान प्राप्त गर्न सफल भइसक्नुभएका पाण्डेले सयौँलाई मेकअप सम्बन्धी तालिम दिनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts