‘आइसी डिजाइनर रनवे १२’ हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । ‘आइसी डिजाइनर रनवे १२’ फेसन शो आयोजना हुने भएको छ । आइसी कलेजले आयोजना गर्न लागेको फेसन शोमा २७ नेपाली तथा ६ अन्तर्राष्ट्रिय मोडलले र्‍याम्पमा फेसनमा नयाँ डिजाइन प्रस्तुत गर्ने जानकारी गराइएको छ । दरबार मार्गस्थित याक एण्ड यती होटलमा आयोजना हुने फेसन शोमा ५१ जना फेसन डिजाइनरले तयार पारेका डिजाइन र्‍याम्पमा प्रस्तुत गर्नेछन् । फेसन डिजाइनर नै आइसी कलेजका २०औं व्याजका पास आउट विद्यार्थी हुन् ।

११ सिक्वेलमा मोडलले फेसन प्रस्तुत गर्ने शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले लिएको छ । फेसन शोका लागि भारतबाट कोरियोग्राफार यतिन नरेन्द्र गान्धी सहभागी हुनुहुनेछ ।

ADVERTISEMENT

नियमित आयोजना हुँदै आएको यो फेसन शो यो सिजनकै उत्कृष्ट हुने म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाको भनाइ छ ।

नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यले विगत लामो समयदेखि ‘आइसी डिजाइनर रनवे’ आयोजना हुँदै आएको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?