राज मेकअप स्टुडियोको ‘राष्ट्रिय नारी सम्मान’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । महान चाड तीजको अवसरमा राज मेकअप स्टुडियोले ‘राष्ट्रिय नारी सम्मान’ कार्यक्रमको आयोजना गरेको छ । सौन्दर्य क्षेत्रमा लामो समयको अनुभव संगालेको राज मेकअप स्टुडियोको आयोजना तथा दक्ष इन्टरनेशनलको सहकार्यमा तिनकुनेस्थित रोयल व्यांक्वेटमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका उपसभामुख ईन्दिरा रानाले लामो समयदेखि आ–आफ्नो क्षेत्रमा योगदान दिने र लोकप्रियता हासिल गरेका सफल महिलालाई सम्मान प्रदान गर्नुभएको थियो ।

विगत एक दशकभन्दा लामो समयदेखि सौन्दर्य कला क्षेत्रमा आबद्ध रहेर राज मेकअप स्टुडियोका प्रमुखसमेत रहनुभएका टेकराज पाण्डेको व्यवस्थापनमा आयोजित कार्यक्रममा सम्मानित हुनेमा खेलाडी तथा मोडल नन्दा बस्याल, समाजसेवी निलम शर्मा, मेकअप आर्टिष्ट रीता दुलाल, गायिका सरिता भारती, मोडल मञ्जु थापा, सौन्दर्यकर्मी मञ्जिला सुवेदी, सौन्दर्यकर्मी माया बुढाथोकी, नेल आर्टिष्ट लिना सुवेदी, कस्मेटोलोजी मन्दिरा खड्का हायु, समाजसेवी तारा कार्की, सौन्दर्यकर्मी टीका पुन गुरुङ, सौन्दर्यकर्मी सुनिता लिम्बू, सौन्दर्यकर्मी उर्मिला पन्त, सौन्दर्यकर्मी विद्या श्रेष्ठ, सौन्दर्यकर्मी विष्णुकुमारी दोरङो, गायिका गायत्री थापा, मोडल प्रमिला सिलवाल, समाजसेवी तथा मिसेस तामाङ सरिता तामाङ, मेकअप आर्टिष्ट जमुना पुनमगर, सौन्दर्यकर्मी तथा मिस एण्ड मिसेस व्युटिफुल नेपाल २०२१ की फष्ट रनर अप गीता उप्रेती, गायिका जुनु रिजाल, युवा उद्यमी कविता श्रेष्ठ, सौन्दर्यकर्मी कल्पना तिमल्सिना, सौन्दर्यकर्मी कुश्मा वलीलाई रहनुभएको थियो भने विशेष सम्मान फोटोग्राफर सुशील खरेललाई प्रदान गरिएको थियो ।

ADVERTISEMENT

वरिष्ठ गायिका तारा थापा, वरिष्ठ अभिनेत्री वसुन्धारा भुसाल, वरिष्ठ गायिका राधिका हमाल, चर्चित गायिका जुनु रिजाललगायत ख्याती प्राप्त महिलाकर्मीहरूको उपस्थिति रहेको कार्यक्रममा गायिका जुनु रिजाल, गायिका राधिका हमाललगायतले आकर्षक प्रस्तुति दिई कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनुभएको थियो ।

कार्यक्रममा विशेष अतिथि बसुन्धारा भुसाल, वरिष्ठ गायिका तारा थापा, मोडल तथा महिला उद्यमी अरुणा सुवेदी, समाजसेवी मायाँ बिमली, मोडल शिला गजुरेल, मेकअप आर्टिष्ट अनिमेश गुरुङलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो । नेपाली महिलाको महान् पर्वलाई उत्सवका रूपमा मनाउँदै उहाँहरूले समाजमा पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै सम्मान समारोहको आयोजना गरेको राज मेकअप स्टुडियोको पाण्डेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?