फुटसलको राष्ट्रिय टोली घोषणा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । एसियाली फुटबल महासंघद्वारा आयोजना हुने एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक गौरव बस्नेतले आइतबार १४ सदस्यीय अन्तिम टोली सार्वजनिक गर्नुभएको हो । टोलीले मंगोलियामा हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ । करिब २०० खेलाडीबाट सुरु भएको खुला छनोटबाट २५ जना बन्द प्रशिक्षणमा सहभागी भएका थिए ।

मत्स्या रिक्रियशन सेन्टरमा भएको बन्द प्रशिक्षणबाट अन्तिम टोलीको टुंगो लागेको हो । नेपाल छनोटको समूह ‘डी’ मा रहेको छ । अक्टोबर ७ देखि ११ सम्म हुने समूह ‘डी’ का खेलहरूमा नेपालले भियतनाम, दक्षिण कोरिया र मंगोलियाको सामना गर्नेछ । ३१ टोलीलाई आठ समूहमा विभाजन गरिएकोमा आठ शीर्ष टोलीहरूसहित सात उत्कृष्ट समूह उपविजेताहरूले फुटसल एसियन कपमा आफ्नो स्थान बनाउनेछन् ।

ADVERTISEMENT

घोषित अन्तिम टोलीको गोलकिपरमा सागर गुरुङ, आशिष डंगोल, फिक्सामा विजय श्रेष्ठ, सरोज तामाङ, सान्जे स्याङ्तान, आलामा रजत तिवारी, आदिल हमिद, सुमित श्रेष्ठ, अरुज सिंह, अमित तामाङ, दिपेश घले, उज्ज्वल शाही र पिभोटमा मणिकुमार लामा, सुजित बुढाथोकी रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *