भोजपुर बिहानी फुटबल : चौध टिमको सहभागितामा प्रतियोगिता हुँदै

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा भाद्र २७ गतेबाट हुने अण्डर १६ अन्तर बिद्यालय स्तरीय बिहानी कप फुटवल प्रतियोगितामा चौध विद्यालयले सहभागिता जनाउने भएका छन । बाल दिवसको अवसर पारेर बिद्यालय स्तरीय पुरुष फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।

बिहानी फुटवल क्लव भोजपुरको आयोजना तथा जिल्ला फुटवल संघको संयोजनमा अण्डर १६ अन्तर बिद्यालय स्तरीय प्रतियोगिता हुन लागेको क्लवका अध्यक्ष रिपेश भुजेलले जानकारी दिनुभयो । अध्यक्ष भुजेलले भन्नुभयो, “बिद्यालय स्तरीय प्रतियोगितालाई प्रोत्साहन गर्नका लागि क्ललले फुटबलको आयोजना गरेको हो ।” सदरमुकाम आसपास र अन्य गरी प्रतियोगिताका लागि १४ टिमले प्रवेशका लागि आवेदन दर्ता गराएका छन् ।

ADVERTISEMENT

प्रतियोगितामा प्रथम र दोश्रो हुने टिमले नगद २० हजार, नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । यस्तै बेष्ट गोलकिपर, बेष्ट डिफन्डर, बेष्ट मिडफिल्डर, उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजक बिहानी फुटबल क्लवले जनाएको छ ।
प्रतियोगिता भाद्र २७ गते देखि ३० गतेसम्म संचालन हुने आयोजक संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?