डा. शर्माको गीत ‘आमा’ सार्वजनिक

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गीतकार डा. अच्युत शर्माको गीत ‘आमा...’ सार्वजनिक भएको छ । रविन शर्माको स्वर, राजु सिंहको संगीत र फणिन्द्र राईको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । राजन भुजेलले निर्देशन गरेको गीतको भिडियोमा गायक रवीन, अमृतकुमारी अधिकारी फिचर्ड हुनुहुन्छ । प्रवेश पोखरेलले खिच्नुभएको भिडियोमा मिन रावलको सम्पादन छ ।

ADVERTISEMENT

‘आमाबुवाप्रति सन्ताको कर्तव्य के हो भन्ने दायित्वबोध गराउनु यो गीतको उद्देश्य हो । पछिल्लो समय बाउआमालाई वृद्धाश्रममा अलपत्र पारेर विदेशिने सन्तानको संख्या बढ्दै छ’, गीतकार डा. अच्युत शर्मा भन्नुहुन्छ, ‘यो प्रवृत्ति बढ्दै जाँदा हामीले हाम्रो संस्कार र दायित्व भुल्न थाल्यौँ कि भन्ने लाग्छ । कोही पनि आफ्नो जिम्मेवारीबाट भाग्नु हुँदैन भन्ने यो गीतको ध्येय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *