चालिसेको ‘छानिएका कथा’ प्रकाशित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आख्यानकार विजय चालिसेको ‘छानिएका कथाहरू’ शीर्षक प्रतिनिधि कथासंग्र्रह प्रकाशित भएको छ । चर्चित समालोचक तथा कवि पुरुषोत्तम सुवेदीद्वारा संकलित तथा सम्पादित २५५ पृष्ठको चालिसेको उक्त कृतिमा ६ वटा कथा संकलनका साथै अन्य फुटकर र अप्रकाशित पछिल्ला कथाहरूमध्येबाट ४३ वटा कथा संकलित छन् ।

सम्पादक सुवेदीका अनुसार विजय चालिसेका कथामा देखिने भाषिक सरलता, शैलीगत निजात्मकता र अभिव्यक्ति कौशलले कथालाई हार्दिक र पठनीय बनाएका छन् ।

ADVERTISEMENT

चालिसेका कथाका बारेमा कथासाहित्यका वरिष्ठतम् समालोचक प्रा.डा. दयाराम श्रेष्ठले भन्नुभएको छ, ‘विजय चालिसेको कथाशिल्पको उत्कृष्टता उनले प्रयोग गरेका प्रतीकहरूको सार्थकता, व्यंग्यको सोद्देश्यता, मिथकीय प्रयोगको महत्व, अन्योक्तिमूलकता र अनुभूतितर्फको आकर्षणबाट सार्थक भएको पाइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *