थाइल्याण्डलाई हराउँदै युएईले जित्यो उपाधि

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालसमेत सहभागी भएको आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि युएईले जितेको छ । फाइनलमा थाइल्याण्डलाई ६ रनले हराउँदै युएईले उपाधि जितेको छ । विजेता युएई र उपविजेता थाइल्याण्डले आगामी वर्ष हुने ग्लोबल टी-२० विश्वकप छनोट खेल्न पाउने भएका छन् ।

जितका लागि ७१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको थाइल्याण्ड १७.५ ओभरमा ६४ रनमा अलआउट भयो । थाइल्याण्डका लागि नट्थाकन चान्थमले २७ बलमा २ चौकासहित २२ रन बनाउनुभयो ।

नान्नापाट खोंचारोएनकाइ १६ बलमा १ चौकासहित १२ रनमा आउट हुनुभयो । २०२० मा विश्वकप खेलिसकेको थाइल्याण्डका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । युएईकी काविषाकुमारी एगोडागेले २.५ ओभरमा ७ रन खर्चेर ३ विकेट लिनुभयो । त्यस्तै, वैष्णव महेशले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिनुभयो ।

ADVERTISEMENT

त्यसअघि बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७० रन बनायो । युएईकी थीर्थ सतिशले ३३ बलमा ३ चौकासहित सर्वाधिक २३ रन बनाउनुभयो । त्यस्तै, कप्तान चया मुघल ६, इशा ओझा २, रिनिथा रजिथा १० रनमा आउट हुनुभयो ।

थाइल्याण्डकी ओनिचा खम्चोम्पुले ४ ओभरमा २ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिनुभयो । नट्य बुचथमले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिनुभयो । नेपाल भने सेमिफाइनलमा थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको थियो । समूह चरणमा युएईसँगको खेल वर्षाका कारण रद्द हुँदा नेपाल समूह उपविजेता बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *