जेनिथ, ज्ञान निकेतन र एनसिसिएसलाई बास्केटबल उपाधि

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जेनिथ, ज्ञान निकेतन र एनसिसिएसले तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । जेनिथ सिनियर ब्वाइज, ज्ञान निकेतन जुनियर ब्वाइज र एनसिसिएस सिनियर गल्र्समा च्याम्पियन बने ।

बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा जेनिथले ज्ञान निकेतनलाई ४१-३८ ले पराजित गर्‍यो । जेनिथको जितमा प्रज्ज्वल बस्नेतले १८ अंकको योगदान गर्नुभयो । जुनियर ब्वाइज फाइनलमा दिप्सन अधिकारीको १० अंक सहयोगमा ज्ञान निकेतनले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) लाई ३०-२६ ले हरायो ।

ADVERTISEMENT

सिनियर गल्र्सको उपाधि भिडन्तमा एनसिसिएसले इनोभेटिभमाथि २९-२० को जित दर्ता गर्‍यो । एनसिसिएसकी दिभा महर्जनले १३ स्कोर गर्नुभयो । सिनियर ब्वाइजमा जेनिथका प्रज्ज्वल, जुनियर ब्वाइजमा ज्ञान निकेतनका जेसन घलान र सिनियर गल्र्समा दिभा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । सिनियर ब्वाइजमा सैनिक आवासीय महाविद्यालय, जुनियर ब्वाइजमा पुष्प सदन र सिनियर गल्र्समा साइपाल एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई ज्ञान निकेतनका कार्यकारी प्रमुख अधिकृत विश्वजित कुँवर, एआइएका संस्थापक प्रिन्सिपल विमल घिमिरे, केएमसीका प्रिन्सिपल द्वारिकानाथ अंगाईं र केएमसीका निर्देशक डा. मनोजकुमार थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । भदौ १५ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १८ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान ८-८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *