एजेन्सी । बलिउडको अत्यधिक कमाइ गर्ने अभिनेत्रीमा उर्वशी रौतेला पर्नुहुन्छ । बलिउड अभिनेत्री उर्वशीले चलचित्रको एउटा आइटम गीतमा नाचेको मात्र करोडौं रुपैयाँ लिने गर्नुहुन्छ । रिपोर्टका अनुसार उर्वशीले चलचित्र ‘वाल्टेयर वीरया’ को एउटा गीतका लागि दुई करोड रुपैयाँ पारिश्रमिक लिनुभएको थियो । चलचित्र ब्लकबस्टर साबित भएको थियो । यही कारणले अब उर्वशीले आफ्नो पारिश्रमिक पनि बढाउनुभएको छ ।
छिट्टै उर्वशी राम पोथिनेनीको चलचित्र ‘द वारियर’मा देखिँदै हुनुहुन्छ । यस चलचित्रमा पनि उहाँ आइटम गीतमा नाच्दै हुनुहुन्छ । खबरअनुसार उहाँले चलचित्रको तीन मिनेटको गीतका लागि तीन करोड रुपैयाँ माग गर्नुभएको छ । यसरी हिसाब गर्दा उहाँले एक मिनेटको एक करोड माग्नुभएको छ । त्यस्तै, उहाँको यसबाहेक चलचित्र ‘पुष्पा २’ का निर्मातासँग पनि आइटम गीतका लागि कुराकानी भइरहेको खबर सार्वजनिक भएका छन् ।
मोडलिङबाट मनोरञ्जन दुनियाँमा प्रवेश गर्नुभएकी उर्वशीले सन् २०१३ मा ‘सिंह साप द ग्रेट’बाट बलिउडमा डेब्यु गर्नुभएको थियो ।
उर्वशी आफ्नो हट अवतारका कारण सदैव चर्चामा आउने गर्नुहुन्छ । फेसन सेन्स र ग्ल्यामर लुक्सका कारण चर्चा कमाउँदै आउनुभएकी उहाँ सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँ आफ्ना फ्यानका लागि हट अवतारका तस्बिरहरू सेयर गर्ने गर्नुहुन्छ । त्यसलाई उहाँका फ्यानले पनि निकै रुचाउने गरेका छन् । कुनै समय उर्वशी भारतीय क्रिकेटर हार्दिक पाण्ड्यासँगको प्रेमका कारण चर्चामा हुनुहुन्थ्यो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा