सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको अवस्थामा बरामत गरिएको ६१ किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

उक्त सुन तस्करी प्रकरणमा पछिल्लो पटक बाराका शिव कुमार सफरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । उनीसँगै पक्राउ पर्नेहरूको संख्या २७ पुगेको छ ।

ADVERTISEMENT

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

हङकङबाट ब्रेक सु भनेर तस्करी गरिएको सुन प्रकरणमा चिनियाँ व्यापारी र उनीहरूसँग साँठगाँठ भएका नेपालीहरूलाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *