युनिक केसीको स्वरमा ‘बाबा’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । गायक युनिक केसीको स्वरमा रहेको ‘बाबा’ सार्वजनिक भएको छ । कुशे औंशी अर्थात् बाबुको मुख हेर्ने छेको पारेर गायक केसीले बुबासम्बन्धी गीतको भिडियो आफ्नै युनिक क्रियशन नामक युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो । टेकेन्द्र नेपालीको संगीत रहेको भिडियोलाई नारायण मगरले निर्देशन गर्नुभएको छ ।

गीतको भिडियोमा बालक छोरालाई एउटा बाबुले कसरी पढायो, बढायो, हुर्कायो र बाबुको महत्व कति छ भन्ने कुरालाई देखाउने प्रयास गरिएको छ । बाबुको सपना सन्तानको सुख र समृद्धि नै हो भन्ने कुरा देखाउन खोजिएको छ ।

ADVERTISEMENT

भिडियोमा वरिष्ठ अभिनेता सरोज खनाल बाबुको भूमिकामा देखिनुभएको छ भने उहाँलाई गीता अधिकारी, रूपेश लामा र आलोक चौरेलीले अभिनयमा साथ दिनुभएको छ । सञ्जय अधिकारीको कलर/सम्पादन रहेको भिडियोलाई उत्तम हुमागाईं टिमको छायांकन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?