चौथो संस्करणको म्युजिक एण्ड फेशन अवार्डका मनोनयन सार्वजनिक

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चौथो संस्करणको म्युजिक एण्ड फेशन अवार्डका मनोनयन सार्वजनिक गरिएको छ । यो अवार्ड आगामी १० असोजमा काठमाडौंमा आयोजना हुने बताइएकोे छ । स्टार वान इन्टरटेनमेन्ट र विलक्षण क्रियसनको आयोजनामा यो हुने यो अवार्डमा विगत झै यसपटक पनि गीतकार, गायक, गायिका, संगीतकार, संगीत संयोजक, म्युजिक भिडियो निर्देशक, छायांकार, सम्पादक, मोडलहरूबीच विभिन्न २९ विधामा प्रतिस्पर्धा हुँदैछ ।

पछिल्लो डेढ वर्षयता सार्वजनिक भएका गीतसंगीतलाई यो अवार्डमा समावेश गरिएको अवार्ड आयोजक तथा स्टार वान इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाले बताउनुभयो । ‘नेपाली गीत संगीत तथा म्युजिक भिडियोको प्रवद्र्धनका लागि हामीले यो अवार्ड आयोजना गर्दै आएका हौं । नेपाली गीत संगीत क्षेत्रमा योगदान पु¥याउनु भएका विभिन्न श्रष्टालाई हामी अवार्ड समारोहमा विशेष योगदान सम्मानबाट सम्मानित गरिनेछ,’ उहाँले भन्नुभयो ।

ADVERTISEMENT

अवार्डका निर्देशक बालकृष्ण पोखरेलका अनुसार यसपटक राष्ट्रिय भाव, चलचित्र, आधुनिक, पप, लोकपप, लोक, लोकदोहोरी, काठे भाका, देउडा, भाषाभाषी (नेपाल भाषा, तामाङ भाषा)का गीतहरूमा सम्बन्धित विधाका कलाकार तथा प्राविधिक सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *