भारतका मनीलाई मिस्टर एसियाको उपाधि

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । ५५औँ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपअन्तर्गतको मिस्टर एसियाको उपाधि भारतका सराभनन मनीले हात पार्नुभएको छ । आफ्ना दश प्रतिस्पर्धीलाई पछि पार्दै मनीले उपाधि जित्नुभएको हो । शारीरिक सुगठनतर्फका विभिन्न दश तौल समूहका विजयीहरूका बीच भएको मिस्टर एसियाको प्रतिस्पर्धामा मनीले ट्रफी उचाल्नुभएको हो । उहाँ ९० केजी तौल समूहमा विजयी हुँदै ओभर अल राउण्डमा प्रवेश गर्नुभएको थियो ।

एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको व्यवस्थापनमा भएको स्पर्धामा पुरुषतर्फ नेपालले कुल २६० अंक हासिल गर्दै टिम च्याम्पियनसिपमा तृतीय हुन सफल भएको छ । पुरुषतर्फ भारत ७९५ अंकका साथ पहिलो र थाइल्याण्डले ५९० अंकका साथ तेस्रो स्थान प्राप्त गर्‍यो ।

महिलातर्फ थाइल्याण्डले टिम च्याम्पियनसिपको उपाधि उचाल्यो । दोस्रो स्थानमा भियतनाम र तेस्रो स्थानमा हङकङ चाइना रहृयो ।
पुरुष एथलेट फिजिक १८२ सेमीमा नेपालका विप्लभ कार्कीले कांस्य पदक प्राप्त गर्नुभयोे । यस विधामा पहिलो स्थानमा भारतका रामा सोमाशेखरले स्वर्ण र भुटानका टान्डिन वाङचेनले रजत प्राप्त गर्नुभयो । नेपालले यस च्याम्पियनसिपमा तीन स्वर्ण, ६ रजत र पाँच कांस्य पदक प्राप्त गर्न सफल भएको छ ।

ADVERTISEMENT

विशाल पौडेलले जुनियर शारीरिक सुगठन, सनम मुलगुठीले स्विम सुट विधा, रनजी श्रेष्ठले ५५ केजी शारीरिक सुगठनमा स्वर्ण जिते । सुरेश दुवाल ५५ केजी, असीमबाबु गुरुङ ६० केजी, मनोज सुवेदी ६५ केजी, ललित धिमाल ७५ केजी, राजु राई फिटनेस फिजिक विधा, तारा खैजू मोडल फिजिक्सले रजत पदक प्राप्त गरेका थिए । कमल भण्डारी ६० केजी, कृष्णप्रसाद श्रेष्ठ ८० केजी, रञ्जित लामा फिटनेस फिजिक्स, विप्लभ कार्की एथलेटिक्स फिजिक, निहालमान जोशीले एथलेटिक्स फिजिकमा कांस्य पदक प्राप्त गरेका थिए ।

च्याम्पियनसिपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरी २३६ खेलाडीहरूले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरेका थिए । शारीरिक सुगठनको प्रतियोगितामा पहिलोपटक ठूलो प्रतियोगिताका रूपमा रहेको च्याम्पियनसिपमा नेपालसहित भुटान, चीन, हङकङ चाइना, भारत, कजाखस्तान, मकाउ चाइना, माल्दिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, ताजकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता थियो ।

दरबारमार्गस्थित याक एण्ड यती होटलको रिगल बाल रुममा भएको च्याम्पियनसिपमा पुरुषतर्फ २८, महिलातर्फ १६ र मिक्स एक गरी ४५ विधामा प्रतिस्पर्धा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *