काठमाडौं । जेनिथ तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा जेनिथले बाल दीक्षा सदनलाई ४७-२३ ले पराजित गर्यो । जेनिथका सुशील शाहीले २० अंक जोड्नुभयो ।
जुनियर ब्वाइजमा सनसाइनले इनोभेटिभलाई २१-१२, एआइएले बाल दीक्षा सदनलाई २५-१४ र पुष्पसदनले नेरिक एकेडेमीलाई १८-१२ ले हरायो । सनसाइनका विख महर्जनले १४, एआइएका प्रणव शाहले ११ र पुष्पसदनका मातृका बुढाथोकीले ८ स्कोर गर्नुभयो ।
सिनियर गल्र्समा एनसिसिएसले रिलायन्सलाई २२-१७, इनोभेटिभले आयोजक केएमसीलाई २१-१८, चेल्सी वल्र्ड स्कुलले एलाइट ग्राण्डलाई २१-१६ र साइपाल एकेडेमीले बाल दीक्षा सदनलाई ११-८ ले पन्छायो । एनसिसिएसकी विभा महर्जनले १२, इनोभेटिभकी रिड्डी मगरले १८, चेल्सीकी सृष्टि शाहले ८ र साइपालकी आयुष्मा पल्छरिनले ७ अंक बटुल्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता