काठमाडौं । जापानमा भएको मैत्रीपूर्ण रेस्लिङ प्रतियोगितामा नेपाली रेस्लरले जित हात पार्नुभएको छ । जापानको ओसाकामा भएको उक्त रेस्लिङमा भगवती खड्का (युनिका), अस्मिता सुनार (जुरेली) र भरतबहादुर बिसुराल (हिमालयन टाइगर) ले प्रतिस्पर्धा गर्नुभएको थियो ।
भगवती र जुरेलीको जोडीले मेडे टाइगर्ल, जाक्युएर योकोटा र हानाजोनो मोमोकालाई पराजित गर्नुभयो । हिमालयनले अमेरिका र जापानका रेस्लरलाई पराजित गरेको भगवतीले जनाउनुभएको छ । एनआरएनए कोन्साइ कमिटी, ओसाकाको सहयोगमा रेस्लिङ भएको थियो ।






