काठमाडौं । ज्ञान निकेतन तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा क्वाटरफाइनल प्रवेश गरेको छ । ज्ञान निकेतनले सेन्ट पाउललाई ३९-१८ ले पराजित गर्यो । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले १५ अंक जोड्नुभयो ।
जुनियर ब्वाइजमा एआइएले नेरिकलाई २२-१८, ज्ञान निकेतनले सनसाइनलाई २५-१५, आयोजक केएमसीले इनोभेटिभलाई १६-१४ र पुष्प सदनले बाल दीक्षा सदनलाई २०-१२ ले हराए । एआइएका प्रणव शाहले १२, ज्ञान निकेतनका दिप्सन अधिकारीले १५, केएमसीका स्वप्निल पराजुलीले आठ र पुष्प सदनका राघव डंगोलले १० स्कोर गर्नुभयो ।
सिनियर गल्र्समा रिलायन्सले केएमसीलाई ३०-२०, चेल्सी वल्र्ड स्कुलले बाल दीक्षा सदनलाई ३०-१५ र एनसिसिएसले इनोभेटिभलाई २०-१७ ले पन्छाए । रिलायन्सकी एलिशा तामाङले १०, चेल्सीकी डेनिशा थापाले १५ र एनसिसिएसकी विभाले १२ अंक बटुल्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts