काठमाडौं । सेप्टेम्बर २२ देखि २४ तारिखसम्म हुने अन्तर्राष्ट्रिय टेनिस महासंघको साधारणसभा तथा निर्वाचनमा नेपालको प्रतिनिधित्व गर्दै नेपाल टेनिस संघका महासचिव मनोहरदास मूल सेप्टेम्बर ६ तारिख मेक्सिकोको क्यानकुन प्रस्थान गर्नुहुँदैछ ।
नेपाल टेनिस संघले अन्तर्राष्ट्रिय टेनिस महासंघको ‘सी’ क्लास मेम्बरसिपबाट ‘बी’ क्लासको मेम्बरसिप प्राप्त गरेसँगै नेपालले सन् २०२३ देखि पुरुष डेभिस कप तथा महिला बेली जिन किङ कप टेनिस प्रतियोगितामा सहभागिता जनाउन पाएको र अन्तर्राष्ट्रिय टेनिस महासंघको निर्वाचनमा मताधिकार पनि प्राप्त गरेको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाउनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts