सडकमा पानी छर्किँदा सकियाे कलैया उपमहानगरपालिकाको १८ करोड बजेट

सञ्जिवकुमार मिश्र बारा, संवाददाता

कलैया उपमहानगरपालिकाको संस्कार एफएम देखि दुर्गा माध्यमिक विद्यालयसम्मको ३ किलोमीटर सडकमा ट्रेक्टरबाट पानी छर्कदैं  ।

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 4 mins

बारा । बाराको कलैया उपमहानगरपालिकाको १८ करोड बजेट पानीले खाइदिएको छ ।

२०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । निर्वाचन पछि विकासको लहर आउने आशामा बसेका जनताहरुले विकास भन्दा पनि भ्रष्टाचार बढेको नेपाल मजदुर किसान पार्टी बाराका अध्यक्ष मुक्ति यादवले आरोप लगाउनु भएको छ ।

मानमत कलैया मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत संस्कार एफएम देखि दुर्गा माध्यमिक विद्यालयसम्मको ३ किलोमीटर बाटो अहिलेसम्म पक्की हुन सकेको छैन- उहाँले भन्नुभयो,‘ यो सडकमा पानी हाल्नमा मात्रै १८ करोड खर्च भएको छ ।' कलैया उपमहानगरपालिका भ्रष्टाचारीहरुको अड्डा बनेको उहाँले आरोप लगाउनुभयो ।

२०७४ साल देखि २०८० असार मसान्त सम्म ६ वर्षको अवधिमा पानीमा मात्रै १८ करोड खर्च हुनु भनेकै भ्रष्टाचारको पराकाष्ठा भएको उहाँले बताउनु भयो । जनताको करलाई सदुपयोग भन्दा भनि स्थानीय तहहरुले दुरुपयोग गरेको उहाँकाे आराेप छ ।

सरदर दिनको ८३ हजार भन्दा बढी रुपैयाँ पानी छिड्काउन मै खर्च हुने गरेको छ, उहाँले भन्नुभयो‘ यसरी सरदर हिसाब गर्ने हो भने महिनाको २५ लाख भन्दा बढी एउटा सडकमा पानी हाल्ने काममा सिध्धिनु भनेकै शत प्रतिशत भ्रष्टाचार भएको प्रष्ट देखिएको छ । आखिरमा उमहानगरपालिकाको आफ्नो सवारी साधन रहेको छ भने सवारी साधन चलाउने चालक समेतले मासिक तलबमा काम गर्दै आएका छन् तर पनि इन्धनमा मात्र प्रति दिन ८३ हजार भन्दा बढी खर्च हुनु भनेकै चरम भ्रष्टाचार भएको हाे ।’

ADVERTISEMENT

दिनहुँजसो सवारीको चाप हुने यो सडक पक्की हुन नसक्दा नगरवासीहरुले सास्ती खेप्नु परेको उहाँले बताउनुभयो ।

मानमत कलैया मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत संस्कार एफएम देखि दुर्गा माध्यमिक विद्यालयसम्मको ३ किलोमीटर बाटो अवरोधको कारण पक्की हुन नसकेको कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साहले बताउनुभयो । यो सडक बनाउन हामी लागि परेका छौं । सडकको निर्माण कार्य शुरु भइसकेको उहाँले बताउनुभयो ।

आफू भन्दा अगाडीको मेयरले पानी छिड्काउन मै प्रति वर्ष ३ करोड रुपैयाँ खर्च गरेको नगरप्रमुख साहले जानकारी दिनुभयो । उहाँको पाँच सालको कार्यकालमा १५ करोड रुपैयाँ ३ किलोमिटर सडकमा पानी हाल्न मै खर्च भएको उहाँकाे भनाइ छ ।

२०७९ सालमा स्थानीय तहको निर्वाचन भयो, उहाँले भन्नुभयो, ‘त्यसपछि म जितेर आए । म आएपछि पानी छर्काउनमा हुने खर्चमा कमी आएको छ । अहिले वर्षमा डेढ करोड देखि २ करोडसम्म मात्र खर्च हुने गरेको छ । त्यसमा पनि ट्रेक्टरको मर्मत सम्भारलगायतको काम त्यही पैसा भित्र छ । म आए देखि पानीमा खर्च हुँदै आएको रकममा कमी आएको छ । दिनहुँ ३ किलोमीटर सडकमा पानी छर्किनु पर्ने भएकोले तेलको खर्च बढी आउने गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?