कुमारी क्यापिटलद्वारा लगानीकर्ता सचेतना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । कुमारी क्यापिटलले विश्व लगानी सप्ताह २०२३ को अवसरमा विशेष लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, कुमारी क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङका प्रमुख ममिन शाक्य र कुमारी क्यापिटलका मर्चेन्ट बैंकिङका प्रमुख सविन बुढाथोकीको सहभागिता थियो ।

ADVERTISEMENT

पाल्पा तानसेनका स्थानीय लगानीकर्तालाई सेयर बजारमा सहभागिता जनाउन र लगानीसम्बन्धी जानकारीका निर्णय गर्नका लागि सम्भावित फाइदाबारे जानकारी गराउने उद्देश्यले पाल्पास्थित कुमारी बैंक, पाल्पा, तानसेन शाखासँगको सहकार्यमा लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । सो अवसरमा बोर्डतर्फबाट वसन्त रसाली र कुमारी क्यापिटल प्रमुख ममिन शाक्यले सेयर बजारको लगानी रणनीतिबारे जानकारी गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?