डायमण्ड म्युजिक अवार्ड सम्पन्न

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 11 mins

काठमाडौं । ‘डायमण्ड म्युजिक अवार्ड २०८०’ सम्पन्न भएको छ । विभिन्न ५१ विधामा अवार्ड प्रदान गर्दै काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डमा डायमण्ड म्युजिक अवार्ड सम्पन्न भएको हो । पूर्वप्रधानमन्त्री तथा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेको सो समारोहमा नेपाली गीतसंगीत तथा चलचित्र क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका केही स्रष्टालाई विशेष सम्मान गरिएको थियो ।

नेपालकी प्रथम चलचित्रकी अभिनेत्री बसुन्धरा भुसाल, हास्य अभिनेता किरण केसी, अग्रज लोकगायक शिवनारायण जोशी, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, अग्रज पश्र्व गायिका देविका बन्दना, लोकगायक बमबहादुर कार्की, चर्चित गायकहरू यम बराल, विष्णु खत्री, रामचन्द्र काफ्ले, नवराज घोरासैनी, ऋषि अधिकारी, गीतकार तथा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतम, गायिकाहरू इन्दिरा गुरुङ, मीना प्रसाईं सम्मानित हुनुभएको थियो ।

यस्तै कलाकार तथा मोडलहरू दुर्गेश थापा, सागर लम्साल ‘बले’, मोडल राष्ट्रिय इभेन्ट डिरेक्टर निशुकान्त झा, पत्रकार विश्वमणि सुवेदी, विष्णु सुवेदी, म्युजिक भिडियो निर्देशकद्वय बबिता श्रेष्ठ, निरेन श्रेष्ठ, गायक यमन खनाल, मोडल सञ्जीव ठकुरी, गायक अमृत खाती, गायिका उमा श्रेष्ठलगायत पनि कार्यक्रममा सम्मानित हुनुभएको थियो । उहाँहरूलाई पूर्वप्रधानमन्त्री माधव नेपाल, आयोजक संस्थाकी अध्यक्ष कुशुम दुलाल ‘सिम्रन’, अवार्ड संयोजक तथा एनएस म्युजिकका सञ्चालक एवं अग्रज गायक नमराज ढुंगानालगायतले सम्मान प्रदान गर्नुभएको थियो ।

समारोहमा विभिन्न ५१ विधामा ‘डायमण्ड म्युजिक अवार्ड-२०८०’ प्रदान गरिएको थियो । जसअन्तर्गत दर्शकको सर्वोत्कृष्ट लोक दोहोरी गायकको अवार्ड रामजी खाँडलाई दशकको सर्वोत्कृष्ट काँठे लोकदोहोरी गायकको अवार्ड सरोज लामिछाने, दशकको सर्वोत्कृष्ट बाद्यवादकको अवार्ड धर्म गन्धर्वलाई प्रदान गरिएको थियो ।

समारोहमा राष्ट्रिय भावको गीत शब्दतर्फ डा.खेटप्रसाद दाहाल, गायकतर्फ सुमन परियारले अवार्ड प्राप्त गर्नुभयो भने राष्ट्रिय भावको गायककै जुरी अवार्ड नवराज बस्नेतले, संगीतकारको अवार्ड राजाराजेन्द्र पोखरेलले प्राप्त गर्नुभयो ।

समारोहमा आधुनिक/पप गीतको विधामा उत्कृष्ट गीतकारको अवार्ड शिशिर भण्डारीले, गीतकारकै जुरी अवार्ड सन्दीप मगरले, आधुनिक/पप गीत संगीतकारको अवार्ड विजय थापाले, संगीतकारकै जुरी अवार्ड श्रीधर अधिकारीले हाँसिल गर्नुभयो । यस्तै आधुनिक/पप गीत उत्कृष्ट गायकको अवार्ड यस कुमारले, गायककै जुरी अवार्ड स्वरूपराज आचार्यले, उत्कृष्ट आधुनिक/पपगायिकाको अवार्ड जुनु रिजालले, गायिकाकै जुरी अवार्ड रचना रिमालले प्राप्त गर्नुभयो । कार्यक्रममा आधुनिक/पप गीतमै भिडियोतर्फ मोडल (पुरुष)को अवार्ड गणेशबहादर राउत (आर्यन)ले, मोडल (महिला)को अवार्ड गुराँस ढकालले हाँसिल गर्नुभयो । यस्तै पपगीततर्फ उत्कृष्ट गायकको अवार्ड हेमन्त शिशिरले, गायकको जुरी अवार्ड गोकर्ण सापकोटा, पप गीत गायक पब्लिक च्वाइस अवार्ड आश्रय रञ्जितले प्राप्त गर्नुभयो ।

सोही समारोहमा लोक तथा दोहोरीतर्फ उत्कृष्ट गीतकारको अवार्ड विनोद ढकाललाई, उत्कृष्ट लय अवार्ड अनिश दवाडीलाई, उत्कृष्ट गायकको अवार्ड सुमन विटीलाई, गायककै जुरी अवार्ड बलराम विकलाई, लोकदोहोरी गायककै पब्लिक च्वाइस अवार्ड दिपेन थापालाई प्रदान गरिएको थियो । यस्तै लोक तथा दोहोरी गीत उत्कृष्ट गायिकाको अवार्ड पूर्णकला विसीलाई, गायिकाकै जुरी अवार्ड सुमन थापामगरलाई दिइएको थियो ।

यस्तै लोक तथा दोहोरी गीत उत्कृष्ट मोडल (पुरुष)को अवार्ड अर्जुन सापकोटालाई, उत्कृष्ट मोडल (महिला)को अवार्ड आयुष्मा सिंखडालाई, मोडल (पुरुष) जुरी अवार्ड अवार्ड बादल घिमिरेलाई, मोडल (महिला) जुरी अवार्ड गीता कुँवरलाई देउडा गीतको उत्कृष्ट मोडल (महिला) अवार्ड रोजी कुँवरलाई प्रदान गरिएको थियो ।

ADVERTISEMENT

काँठे भाकाकातर्फ उत्कृष्ट गीतको अवार्ड रामहरि भण्डारीले, उत्कृष्ट शब्दको अवार्ड साजन पराजुलीले, उत्कृष्ट लयको अवार्ड मदन नेपाली सुफिक्स्ले, उत्कृष्ट गायकको अवार्ड दिनेश श्रेष्ठले, गायककै जुरी अवार्ड संगम थापाले, उत्कृष्ट गायिकाको अवार्ड प्रतिमा अर्यालको अवार्ड, गायिकाको जुरी अवार्ड पार्वती कार्कीले प्राप्त गर्नुभयोे । काँठे लोक तथा दोहोरी मोडल (पुरुष)को अवार्ड लोमश शर्माले, मोडल (महिला)को अवार्ड आयुष्मा कार्कीले प्राप्त गर्नुभयो ।

यस्तै, भिडियो निर्देशनतर्फ आधुनिक गीत उत्कृष्ट भिडियो निर्देशकको अवार्ड पूजा ठकुरीले, निर्देशनमै जुरी अवार्ड, मिलन श्रेष्ठले, लोक तथा दोहोरीगीत म्युजिक भिडियो निर्देशकको जुरी अवार्ड कुमार केसीले प्राप्त गर्नुभयो ।

यस्तै लोक तथा दोहोरी गीत उत्कृष्ट शब्दको अवार्ड आकृति हुमागाईंले, उत्कृष्ट (लयको अवार्ड भीमसेन श्रेष्ठले, उत्कृष्ट गायकको अवार्ड विनोद विसीले, गायककै जुरी अवार्ड सागर विसीले, उत्कृष्ट गायिकाको अवार्ड कोपिला तामाङले, लोक दोहोरी गीत गायिका जुरी अवार्ड सञ्जु लामा र नव गायिकाको जुरी अवार्ड सावित्रा गौतमले प्राप्त गर्नुभयो ।

देउडाबाट नवमोडल (पुरुष)को अवार्ड पदम ऐरेलाई, लोक तथा दोहोरी गीत नवमोडल (पुरुष) जुरी अवार्ड अमिश उपरकोटीलाई, नवमोडल (पुरुष) पब्लिक च्वाइस अवार्ड शंकर चन्दलाई, नवमोडल (महिला) अवार्ड निशा रावललाई प्रदान गरिएको थियो । यस्तै उत्कृष्ट लाइभ दोहोरी गायकको अवार्ड अलिफ खानलाई, लाइभ दोहोरी गायिकाको अवार्ड सीमा थापालाई प्रदान गरिएको थियो ।

समारोहमा लोक तथा दोहोरी गीत उत्कृष्ट संगीत संयोजनको अवार्ड विष्णु तामाङलाई, संगीत संयोजन (जुरी अवार्ड) नारायण दंगाललाई, लोक दोहोरी भिडियो सम्पादन अवार्ड रविन विकलाई, उत्कृष्ट ध्वनि सम्पादन अवार्ड कुमारसानु पुनलाई, उत्कृष्ट भाषाभाषिक गीत गायकको अवार्ड रामप्रसाद अवस्थी (डेउडा)लाई, भाषाभाषी गीत जुरी अवार्ड महेशकुमार औजीलाई, भाषाभाषीतर्फ उत्कृष्ट गायिकाको अवार्ड शोभा थापा (डेउडा)लाई, ठाडो भाकाको गायक अवार्ड रमेश परियारलाई, ठाडोभाका गायिकाको अवार्ड सन्ध्या परियारलाई प्रदान गरिएको थियो ।

यस्तै उत्कृष्ट चाडपर्व गीतकारको अवार्ड प्रतिभा शर्मा चपाईंले, चाडपर्व गीत गायिकाको अवार्ड शर्मिला रायमाझीले, चडपर्व गायिका जुरी अवार्ड रञ्जना भुजेलले, तीजगीत गायिकाको अवार्ड सलिना नेपालीले, बाल प्रतिभाको अवार्ड सचिन परियारले, ग्राफिक डिजाइनरको अवार्ड शान्त शिशिर र ग्राफिक डिजाईनर जुरी अवार्ड रिजन पुलामीले हाँसिल गर्नुभएको थियो ।

अवार्ड समारोहको निर्णायकमा संगीतकार तथा गायक नरहरि प्रेमी, गायक कुलेन्द्र विश्वकर्मा, संगीतकार तथा बाद्यवादक खड्ग गन्धर्व र अवार्ड आयोजक समितिका संयोजक गायक नमराज ढुंगाना रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?