गायन र संगीतमा हेमराज

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । सानै उमेरदेखि गीतसंगीत भनेपछि हुरुक्कै हुने हेमराज डाँगी यतिबेला गायन क्षेत्रमा स्थापित नाम हो । गाउँघरका विभिन्न प्रतियोगिता र स्कुलमा हुने प्रतियोगितामा सक्रिय सहभागी भएर उत्कृष्ट पुरस्कार हात पार्ने उहाँ त्यही सुरुवाती दिनले नै अहिले यो स्थानमा पुग्न सफल भएको बताउनुहुन्छ । ‘त्यस समयमा मेरो प्रस्तुति देखेर अग्रज व्यक्तित्वहरू, गुरुवर्ग र साथीहरूले तेरो गायकी कला राम्रो छ भनेर हौसला दिनुहुन्थ्यो । बिस्तारै गीतसंगीतमा प्रवेश गरियो र अहिले यसै क्षेत्रमा निरन्तर काम गरिरहेको छु’, उहाँ भन्नुहुन्छ ।

बागचौर नगरपालिका ३, सल्यानका घर भई उहाँ हाल काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन श्रोता र दर्शकमाझ पस्किँदै आइरहनुभएको छ । देशका विभिन्न ठाउँमा हुने स्टेज कार्यक्रममा सक्रिया रूपमा आफूलाई उपस्थित गाराउँदै आउनुभएका डाँगीले हजारौं स्टेज प्रोगाममा आफ्नो प्रस्तुति दिएको दावी गर्नुहुन्छ । गायनसँगै संगीत सिर्जनामा पनि उतिकै सक्रिय रहँदै आइरहनु भएका डाँगी लोकदोहरी गीतसंगीत सँगसँगै समाज सेवामा पनि सक्रिय हुनुहुन्छ । पहिलो चोटी २०६९ सालमा ‘बलिन्द्र धारा आँशु किन झर्छ’ बोलको गीत रेकर्डिङ गराएर गीतसंगीतको क्षेत्रमा होमिनुभएका उहाँका ‘खोली झर्यो डाँफे मयुर’, ‘हजुर आउनुहोस्’, ‘नाच हेर्नलाई जाम’, ‘नतर्कन नर्तक’, ‘नारीकै वर्त हो’, ‘साउदी दुबई कतार’, दशैँ आइसक्यो’जस्ता दर्जनौं गीत दर्शक श्रोतामाझ लोकप्रिय छन् ।

ADVERTISEMENT

यसपालि पनि हरितालिका तीजको अवसर पारेर उहाँले दुईवटा तीज गीत सार्वजनिक गर्नुभएको छ । उहाँको स्वर, संगीतमा दुईटा तीज गीत ‘मेरो माया फिल्मको हिरो’ र ‘लैजाउ न फिलिली’ सार्वजनिक भएका हुन् । ‘मेरो माया फिल्मको हिरो’मा उहाँलाई गायिका लक्ष्मी परियारले स्वरमा साथ दिनुभएको छ भने ‘लैजाउ न फिलिली’मा गायिका सुनिता बुढाले स्वरमा साथ दिनुभएको छ ।

गायक, संगीतकार डाँगी हालै सम्पन्न सुपादेउराली म्युजिक सम्मान र ‘डाइमण्ड म्युजिक अवार्ड २०८०’ कार्यक्रममा ‘सम्मान पत्र’बाट सम्मानित हुनुभएको छ । घरपरिवारको साथ र सहयोगले आफूले यो उचाइ चुम्न सफल भएको बताउने डाँगी पर्व गीतबाट सर्वोत्कृष्ट ‘ज्योती म्युजिक अवार्ड २०७९’, ‘विशाल लुम्बिनी अवार्ड २०७९’ कार्यक्रममा सर्वोत्कृष्ट च्वाइस अवार्ड, हिमालयन इन्टरनेशनल अवार्ड २०२३ कार्यक्रमको निर्णायक अर्थात् ‘जर्ज’ को रूपमा सहभागिता जनाउनुका साथै अन्य अवार्ड तथा सम्मान कार्यक्रममा निर्णायकको रूपमा कुशलतापूर्वक कार्य सम्पादन गरिसक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *