एग्रिकल्चर गेम रियालीटी शो ‘र’ को घोषणा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । कृषि, उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशीला बनाएको कार्यक्रम ‘र’को घोषणा गरिएको छ । इ.स्क्वायर प्राइभेट लिमिटेडले आयोजना गर्न लागेको गेम रियालिटि शोमा एग्रिकल्चर (कृषि) र इन्टरटेनमेण्ट दुई विधाको संयोजनबाट ‘एग्रिटेनमेण्ट’को परिकल्पना गरिएको हो ।

घोषित शोमा दुई किसिमका प्रतिस्पर्धी किसान र कृषि प्राविधिकले भाग लिने बताइएको छ । किसान भन्नाले कुनै पनि कृषि पेशामा व्यवसायिक रूपले आबद्ध व्यक्ति भनेर परिभाषित गरिएको छ भने कृषि प्राविधिक भन्नाले बि.एस.सी एग्रिकल्चर वा सो सरह पढेका व्यक्तिहरू भनेर परिभाषित गरिएको छ ।

ADVERTISEMENT

कार्यक्रमबाटै शोका सर्जक एवं निर्देशक शैलेश कँडेल क्षेत्री, मास्टर होस्ट राजेश हमाल, ग्राण्ड जज का रूपमा डा.योगेन्द्रकुमार कार्की र डा.नम्रता पाण्डेलाई परिचित गराइएको थियो । कार्यक्रममा गेम रियालिटि शोको प्रोमो पनि सार्वजनिक गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *