पाटनमा मतया : जात्रा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

ललितपुर । गाईजात्राको भोलिपल्ट शुक्रबार पाटनका नेवारी समुदायले  विशेष पर्व मतया जात्रा मनाएका छन् ।

यो तिथिमा दीप बालेर पूजा गरेमा चिताएको काम पुरा हुने, दुखबाट सुखमा मिल्ने, अंध्यारोबाट उज्यालो मिल्ने, स्वर्गवास भएका व्यक्तिले राम्रो ठाउँमा जन्म लिन सकोस् भन्ने जन विश्वासका साथ भाग लिने गर्दछन् ।

विशेष गरी एक बर्ष भित्र दिवंगत भएका परीवारबाट यस लिच्छवीकालिन पर्वमा भाग लिने गरिन्छ । यस मतया यात्रामा विभिन्न परम्परागत बाजागाजासहित पाटनका चार विशेष स्तुपा संगै पाटनका सबै टोलटोलमा गई पूजा गर्ने परम्परा छ ।

ADVERTISEMENT

पाटनका विभिन्न १० स्थान अथवा टोललाई आलोपालोमा पुजा संचालन गर्न जिम्मा दिईएकोमा यसपाली सौगलमा परेको थियो । आयोजकका अनुसार बिहान चार बजेबाट सुरु भएको मतयाः यात्रा बेलुका करीब आठ बजे मात्र सम्पन्न भएको थियो । यस यात्रामा देश बिदेश बाट समेत गरेर करिब पच्चिस सय जनाको सहभागिता रहेको थियो ।

ललितपुर महानगरपालिकाले बिदा नदिइएता पनि आयोजक, स्थानीय, वडा, नगर प्रहरी, प्रहरी, ट्राफिक प्रहरी, स्काउट, रेडक्रस, रोटरी लगायत बिभिन्न संघसंस्थाबाट सरसफाई, स्वास्थ्य शिविर, प्रबिधिमैत्रि भोलेन्टरीको व्यवस्थापनले जात्रा सहजताका साथ सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *