ज्ञान निकेतनको विजयी सुरुवात

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ज्ञान निकेतनले तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुवात गरेको छ । ज्ञान निकेतनले सिनियर र जुनियर ब्वाइज दुवैमा सफलता पायो । बुद्धनगरस्थित आयोजक केएमसी स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा ज्ञान निकेतनले न्यु जेनिथलाई २७-१८ ले पराजित गर्‍यो ।

ज्ञान निकेतनको जितमा महेन्द्र प्याकुरेलले १५ अंक योगदान गर्नुभयो । जुनियर ब्वाइजमा दिप्सन अधिकारीको ७ अंक सहयोगमा ज्ञान निकेतनले आयोजक केएमसीलाई १६-११ ले हरायो ।

ADVERTISEMENT

सिनियर ब्वाइजको अन्य खेलमा एआईएले इनोभेटिभलाई २३-१९, नेरिक एकेडेमीले रिलायन्सलाई २७-२४, इलाइट ग्रान्डले केएमसी ‘बी’लाई २१-११, काठमाडौं जेभियरले भद्रघलेलाई २२-१६, सैनिकले केएमसी ‘ए’लाई २०-१६ र सनसाइनले एनसीसीएसलाई १९-१० ले पाखा लगाउनुभयो ।

प्रतियोगिताको केएमसीका निर्देशक डा.मनोजकुमार थापा र प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त रूपमा उद्घाटन गर्नुभयो । प्रतियोगितामा सिनियर ब्वाइज १६, जुनियर ब्वाइज र गल्र्समा समान ८-८ र स्टाफमा ६ टिम सहभागी छन् । फाइनल भदौ २२ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?