सुर्खेत । कर्णाली प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । अध्यक्ष पदम खड्कासहित अन्य सबै पदमा निर्विरोध रूपमा कार्यसमिति चुनिएको हो । कर्णालीको पहिलो साधारणसभाले कार्यसमिति बनाएको हो । यसअघि राष्ट्रिय प्रतियोगितामा कर्णालीले आफ्नै टोली बनाए पनि लुम्बिनी प्रदेशसँग जोडिएर काम गर्नुपरेको थियो । तर, कर्णालीका चार जिल्ला दैलेख, सल्यान, रुकुम र कालीकोटले सदस्यता मान्यता पाएपछि आफ्नै प्रदेश बनेको हो । उपाध्यक्षमा खड्गजंग शाही, सचीवमा श्रीधर केसी र कोषाध्यक्षमा सूर्य थापा चुनिनुभएको छ ।
सदस्यहरूमा सबिन हमाल, बुलन्द बाबू सेजवाल, दमनराज शाही, कुलप्रसाद ओली, बालकुमार नकाल, प्रकाश भुसाल, पवनकुमार थापा, समुन्द्र शाही र मनोज नेपाली चुनिनुभएको छ ।
४५ जिल्ला र ६ प्रदेशको चुनाव पनि सम्पन्न भएको छ । यसअघि कोशी प्रादेशिक क्रिकेट संघमा सर्वजित पाण्डे, मधेश प्रादेशिक संघको अध्यक्षमा सुनिलकुमार महासेठ, गण्डकी प्रादेशिक क्रिकेट संघमा सञ्जयकान्त सिग्देल, लुम्बिनी प्रादेशिक संघको अध्यक्षमा सञ्जय गुरुङ, कर्णाली प्रादेशिक संघको अध्यक्षमा पदम खड्का र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा वासुदेव जोशी निर्वाचित भइसक्नुभएको छ ।
अब बागमती प्रादेशिक क्रिकेट संघको चुनाव हुन बाँकी छ । बागमती प्रदेशको चुनाव भदौ १५ मा हुँदैछ । उक्त चुनावमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का अध्यक्षमा चुनाव लड्दै हुनुहुन्छ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय चुनाव आगामी असोज पहिलो साता हुँदैछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा