स्टार इन्टरनेशनल अवार्डको तेस्रो संस्करण बैंककमा सम्पन्न

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । स्टार इन्टरनेशनल अवार्डको तेस्रो संस्करण बैंककमा सम्पन्न भएको छ । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष तथा वरिष्ठ गीतकार युवराज अधिकारीको प्रमुख आतिथ्यता तथा एयरलाइन्सका निर्देशक अनिल घिमिरे तथा थाइल्याण्डका प्रतिष्ठित व्यव्सायी विजय तिमल्सिनाको विशेष आतिथ्यतामा उक्त अवार्ड सम्पन्न भएको हो ।

लामो समयदेखि आ-आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान दिने प्रतिष्ठित व्यक्तित्वलाई सम्मान गर्ने उक्त अवार्ड समारोहमा सहभागी हुन नेपालसहित म्यानमार, थाइलयाण्ड र युएईबाट करिब तीन दर्जन व्यक्तित्वको उपस्थिति थियो ।

प्याजेन्ट नेपाल नेटवर्क र दक्ष इन्टरनेशनलको संयुक्त आयोजना तथा निकिला मिडियाको सहकार्यमा आयोजित अवार्डमा कलाकारिता तर्फबाट रजत सम्मान विशिष्ट कलाकार शिवहरि वैरागीलाई प्रदान गरियो थियो भने, साहित्यतर्फ राधादेवी पराजुली, सामाजिक सेवाका लागि टंकप्रसाद न्यौपाने, शान्ताकुमारी दाहाल भट्टराई, र लक्ष्मीप्रसाद संग्रौलालाई प्रदान गर्दा, शिक्षा सेवाबाट जयन्ती शिवाकोटीलाई, बैंकिङ क्षेत्रबाट रन्जु खत्री र युवा व्यवसायी एवं प्रवास सेवाबाट यदु केसीलाई सम्मान प्रदान गरिएको थियो ।

ADVERTISEMENT

बैंककको होटल सायम सिजनमा आयोजित कार्यक्रममा यो वर्षको स्टार इन्टरनेशनल अवार्ड पाउनेहरूमा उत्कृष्ट गीतकारको तर्फबाट प्रमोद भट्टराई ‘प्रतीक’, उत्कृष्ट मेकअप आर्टिष्ट हेयरमा सविना खड्का, उत्कृष्ट कोरियोग्राफरमा महेश गोदार, उत्कृष्ट व्युटिसियन सरिता पत्रवंश, उत्कृष्ट होटल तालिम केन्द्रमा ग्रीनल्याण्ड होटल तालिम केन्द्र, उत्कृष्ट मोडल प्रकाश वोसेल, उत्कृष्ट इमर्जिगं विजनेश अफ दि इयरका लागि प्रवीन रानाभाट रहनुभएको थियो ।

यसैगरी, मोडल अफ द इयरका लागि अनुप अधिकारी, उत्कृष्ट प्याजेन्ट मोडलका लागि रितिका शाह, इमर्जिङ कन्सल्टेन्सीका लागि जजमेन्ट एजुकेशन फाउण्डेशन, उत्कृष्ट एभिएसन टेनिङ इन्ष्टिच्युटका लागि गीता एभिएसन, उत्कृष्ट दशक चरित्र अभिनेता अवार्डबाट वरिष्ठ कलाकार उद्धवप्रसाद भट्टराईलाई प्रदान गरिँदा उत्कृष्ट दशक अभिनेताबाट श्रीदेव भट्टराई र उत्कृष्ट व्यवसायीमा गोपाल खड्कालाई अवार्ड प्रदान गरिएको थियो । विभिन्न कारणले कार्यक्रममा उपस्थित हुन नसकेका अवार्ड विजेताहरू उत्कृष्ट लोकदाहोरी गायक विर्ख कामी र उत्कृष्ट पप गायक अर्जुन खरेलको अवार्ड अन्य सहभागीलाई प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी अधिकारी, विशेष अतिथीहरू घिमिरे, तिमल्सिना र आयोजक कमिटीका अध्यक्ष राज लुइँटेलले अवार्ड तथा सम्मान प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?