सहकारी संस्थाबाट नगद तथा ल्यापटप चोरी गरेको आरोपमा तीनजना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

मोरङ । धनपालथान गाउँपालिका-२ कुशमाहस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद ५० हजार रूपैयाँ  र २ थान ल्यापटप चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा तीनजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका-१ नोचा बस्ने २१ वर्षीय पारस मण्डल, सोही गाउँपालिका-७ कदमाहा बस्ने २४  वर्षीय रोशन मण्डल र २० वर्षीय बिशाल कुमार सिंह रहेका छन् ।

ADVERTISEMENT

उक्त सहकारी संस्थाबाट गत साउन ३२ गते राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुलेपछि ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाही बरियातिबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत मोरङबाट ५ दिन म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *