काठमाडौं । पाकिस्तानले अफगाानिस्तानविरुद्धको ओडिआई क्रिकेट सिरिजमा क्लिनस्विप गरेको छ । तेस्रो ओडिआई खेलमा ५९ रनले हराउँदै सिरिज ३-० ले क्लिनस्वीप गरेको हो । तीन खेलको सिरिजमा पाकिस्तानले क्लिनस्विप गरेको हो । पाकिस्तान आइसिसीको ओडिआई वरीयतामा शीर्षस्थानमा उक्लिएको छ । अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, न्युजिल्याण्ड चौथो र इंग्ल्याण्ड पाँचौँ स्थानमा छन् ।
जितका लागि २६९ रनको विजयी लक्ष्य पाएको अफगानिस्तान ४८.४ ओभरमा २०९ रनमा अल आउट भयो । अफगानिस्तानका लागि स्पिनर मुजिब उर रहमानले ३७ बलमा पाँच चौका र पाँच छक्कासहित ६४ रनको योगदान दिनुभयो । मुजिबले करिअरको उत्कृष्ट ब्याटिङ गरे पनि टोलीको हार टार्न सक्नुभएन ।
ओपनर रियाज हसनले ६६ बलमा पाँच चौकासहित ३४ र रहमान उल्लाह गुरवाज पाँच रनमा आउट हुनुभयो । अफगानिस्तानका लागि आठौँ विकेटका लागि साहिदुल्लाह कमल र मुजिव उर रहमानले ६१ रनको साझेदारी गर्नुभएको थियो । साहिदुल्लाह कमल ६५ बलमा दुई चौकासहित ३७ रनमा आउट हुनुभयो ।
पाकिस्तानका शादब खानले १० ओभरमा ४२ रन खर्चेर ३ विकेट लिनुभयो । शाहिन शाह अफ्रिदी, फहिम अशरफ र मोहम्मद नवाजले समान दुई विकेट लिनुभयो ।
त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २६८ रन बनाएको थियो । पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले ७९ बलमा ६ चौका र एक छक्कासहित ६७ रन बनाउँनुभयो । कप्तान बाबरले ८६ बलमा चार चौका र एक छक्कासहित ६० रन जोड्नुभयो ।
तेस्रो विकेटका लागि बाबर र रिजवानले ११० रनको शतकीय साझेदारी गर्नुभएको थियो । ओपनर फखार जमान २७, इमाम उल हक १३, मोहम्मद नवाज २५ बलमा दुई चौका र एक छक्कासहित ३०, साउद सकिल नौ, सादब खान तीन र फहिम अशरफ दुई रनमा आउट हुनुभयो ।
अघा सलमान ३१ बलमा चार चौका र एक छक्कासहित ३८ रनमा नट आउट हुनुभयो । अफगानिस्तानका फरिद अहमद र गुलबदीन नाइबले समान दुई विकेट लिनुभयो । राशिद खान, मुजिब उर रहमान र फजल हक फारुकीले समान एक विकेट लिनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा