‘स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव’ कार्यक्रम सम्पन्न

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौंमा एक समारोहबीच ‘स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव’ कार्यक्रम सम्पन्न भएको छ । नेपालको लोक संगीतलाई जर्गेना गर्ने उद्देश्यले विभिन्न भाषा भाषिक क्षेत्रलाई अंगालेर सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीको सभापतित्वमा ‘स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव’ सम्पन्न भएको हो ।

पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा परराष्ट मन्त्री नारायणप्रसाद साँउद (एन.पी) र भीम रावल, लखेराज भट्टलगायत विभिन्न व्यक्तिको उपस्थितिमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, साहित्यकार आर.डि.प्रभाष चटौत, रामानन्द आचार्य, गायक नन्दकृष्ण जोशी, कलाकार मिथिला शर्मा, यज्ञराज उपाध्याय, डिग्रादेवी बादी र संगीता रोकायलगायतलाई अभिनन्दन गरिएको थियो । उहाँहरूलाई अध्यक्ष ओलीले सम्मान पत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा ओलीले सामाजिक क्षेत्रको विकासका लागि दलगत राजनीतिक भन्दा माथि उठेर हातेमाले गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

ADVERTISEMENT

कार्यक्रममा सांस्कृतिक समाज नेपालका अध्यक्ष अवस्थीले विभिन्न क्षेत्रमा रहेर भाषा सहित्य, लोक गायन क्षेत्रबाट सुदूरपश्चिमको चिनारीका लागि ठूलो योगदान गर्ने विशिष्ठ व्यक्तित्वलाई अभिनन्दन हुँदा सुदूरपश्चिमको मात्र नभएर नेपालकै चिनारीका लागि महत्वपूर्ण भएको जिकिर गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?