पिपुल्स र सेब क्वाटरफाइनलमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पिपुल्स एकेडेमी र सेब दसौँ ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बाफलस्थित आयोजक ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा पिपुल्सले नेरिक एकेडेमीलाई १५-११ तथा सेबले ग्रिनफिल्ड ‘सी’लाई १६-७ ले पराजित गर्‍यो ।

सिनियर ब्वाइजमा जेनिथले नेरिकलाई ५८-५२, ग्रिनल्याण्डले काठमाडौं भ्याली, रानीवनलाई ५८-३१, जेबी इङ्लिस स्कुलले सेबलाई ४०-३५, हेम्सले पुष्पसदनलाई ५७-५४ र ब्राइट होराइजनले नेपालयलाई ४७-२८ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

ADVERTISEMENT

सिनियर गल्र्समा संस्कृतिले रिब्स ‘बी’लाई २९-९, जेसिस इन्टरनेसनल स्कुलले न्यु जेनिथलाई १६-८ र काष्ठमण्डपले काठमाडौं भ्याली, छाउनीलाई ४०-१४ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान बनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *