काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई एसएसपीलाई जिम्मेवारीबाट हटाइएको छ ।
गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख एसएसपी दानबहादुर कार्की र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीको सरुवा गरेको छ । केसीलाई प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको छ।
उहाँहरु दुवै जना नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा हुनुहुन्थ्याे।
गत पुसमा कमान्ड सम्हाल्नुभएकाे उहाँहरूको सरुवा गरिएको हो। परिसरमा महानिरीक्षक सचिवालयमा रहेका भूपेन्द्र खत्रीलाई ल्याइएको छ भने कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा काज सरुवा गरिएको छ।
अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी सोमेन्द्रसिंह राठौरलाई ल्याइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच