बार्सिलोनाको पहिलो जीत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । डिफेन्डिङ ला लिगा च्याम्पियन बार्सिलोनाले नयाँ सिजनमा पहिलो जीत हात पारेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले क्याडिजलाई २–० गोलले हराएको हो ।

८२औँ मिनेटमा इल्के गुन्डोगानको पासमा पेड्रीले बार्सालाई अग्रता दिलाएका थिए । त्यसपछि इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीको पासमा फेरान टोरेसले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

ADVERTISEMENT

बार्सिलोना पहिलो खेलमा गेटाफेसँग बराबरीमा रोकिएको थियो । दुई खेलपछि बार्साको चार अंक पुगेको छ ।

लामाइन यामल १६ वर्ष ३८ दिनको उमेरमा बार्सिलोनाका लागि लिग खेल शुरू गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?