‘हराएकी म‘ मञ्चन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नाटक ‘हराएकी म’को मञ्चन गरिएको छ । सिनामंगलस्थित लोयोला सकेण्डरी स्कुलको आयोजनामा ओजस थिएटर (शैली थिएटर) मा नाटक ‘हराएकी म’को शुक्रबारबाट मञ्चन सुरु भएको हो । नाटकमा युवतीहरू प्रथम पटक रजस्वला हुदाँ गरिने व्यवहारबारे प्रस्तुत गरिएको छ ।

विद्यालयकी उप-प्राध्यापक ममता बमले आफ्नो विद्यालयमा रहेका बालवालिकालाई रजस्वला के हो र यसका विषयमा समाजमा रहेका गलत धारणा र सामाजिक कुस्कारका विषयमा जानकारी दिन नाटकको मञ्चन गरिएको बताउनुभयो । बालसाहित्यकार विजयराज आचार्यको कथालाई लिइएको नाटकको नाट्य रूपान्तरण र निर्देशन रंगकर्मी पुष्पराज अवस्थीले गर्नुभएको हो भने सहायक निर्देशन भरत महर (बिटी)ले गर्नुभएको छ ।

ADVERTISEMENT

नाटकमा आयुषा सुजी, जेनिसा आचार्य, समृद्धि पाण्डे, आरुष गौतम, श्रेया बुढाथोकी, निमिसा श्रेष्ठ, रिमिसा श्रेष्ठ, प्रस्तुति भण्डारी, सुमन खड्का, प्रक्सिस राना कुवँर, आश्रिका अधिकारी, आरभ पुरी, जस्टिन थापा, द्रव्यता कुशुवाह, हिमाल तामाङ, कौशल पौडेल, काव्या शर्मालगायत अन्य कलाकारको भूमिका छ । नाटकको मञ्च व्यस्थापक आस्था कार्कीले गर्नुभएको छ । ‘विद्यार्थीहरूमा रंगमञ्चको ज्ञान दिन र सामाजमा केही सन्देश दिन यो नाटक निर्माण गरेका हौं’, विद्यालयका प्रिन्सिपल रमेश पनेरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?