कबड्डी टोलीको विशेष प्रशिक्षण भारतमा हुने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि नेपाली महिला कबड्डी टोलीको विशेष प्रशिक्षण भारतमा हुने भएको छ । भारतमा प्रशिक्षण गर्ने नेपाली खेलाडीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, अनुजा कुलुङ राई, नितु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बडू, अर्पणा चौधरी, गंगा चौधरी, इशा राई र कलावती पन्त रहनुभएको छ ।

प्रशिक्षकमा पार्वती राई र विष्णुदत्त भट्ट तथा व्यवस्थापकमा कृष्णदेव पन्त रहनुभएको छ । टोलीले भारतको हरियाणास्थित गुरुकुल एकेडेमीमा एक महिना प्रशिक्षण गर्ने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाउनुभयो । त्यस अवधिमा टोलीले सात म्याच पनि खेल्ने र दिल्लीको साई सेन्टरमा केही दिनका लागि प्रशिक्षणको व्यवस्था मिलाउन प्रयास भइरहेको महासचिव झाले बताउनुभयो ।

ADVERTISEMENT

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच बिदाइसमेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?