कविता : छानविन समिति ?

Read Time = 2 mins

✍️ ताराबहादुर बुढाथोकी

ADVERTISEMENT

मदन आश्रित
त्रिशूलीला झरे
छानविन समिति
गठन गरे
हत्या नै हो भने
तर हत्यारा
गुमनाम भयो
समितिका सदस्य
अलमलमा परे
तीस वर्ष लाग्यो
खोइ त ?
यस्ता मुलङ्खरे ।
–––––––
सेनाको
सुरक्षा घेराभित्र
राजाको
वंशनाश गरे
छानविन समितिको
प्रचार छरे
समितिले
ट्र्याट्याट्या गर्‍यो
२१ वर्ष भयो
मर्ने त मर्‍यो मर्‍यो
हत्यारा
कता डेरा सर्‍यो ?
छानविन समिति
फेरि
औचित्यहीन ठहर्‍यो ।
–––––
निर्मलाको
बलात्कार भयो
हत्यापछि
हत्यारा फरार भयो
छानविन समिति बन्यो
पत्ता लागेन
फेरि एकपल्ट
छानविन समिति
डुकुलण्ठ्याङ् करार भयो ।
सुन समातियो
पित्तल भयो
खोजविन समिति बनाएपछि
सुन मालिकलाई
शीतल भयो ।
हरेक पल्ट
नीतिगत अपराध हुन्छ
समिति बन्छ
के भन्छ के बन्छ
अपराधी उम्कन्छ ।
–––––
अहिले
काण्डै
काण्डको
फायल खुल्दैछ
संसद्भित्र
छानविन समितिको
काउछो फुल्दैछ ।
छानविनको नाममा
गतिरोध हुल्दैछ
बिचौलियाका नाइके
समितिमा राखेर
भागबण्डा मागेर
तैँ चुप मै चुप गर्नलाई
सबै काण्ड
गुपचुप गर्नलाई
ठाउँ खोज्दैछ
मदनको
वीरेन्द्रको
निर्मलाको हत्यारा झैँ
सुनको
जग्गाको
कमिसनको
मतियारा
उम्किने दाउ खोज्दैछ
बस्तीमा
अगुल्टाले
हानेको कुकुर
बिजुली चम्किंदा
तर्सनु
अस्वाभाविक हो र !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *