कविता : मतियार

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

✍️ पदम दाहाल

भगवान बनूँ निज भन्दछ क्वै
जनता प्रतिबिम्ब नृसिंह उतै ।
जब भोट लियो विजयी बनियो
तब शेर महोदय चढ्छ उँभो ।१।

जनतासित आँसु सताउँदथ्यो
घर–गाउँ जता पनि धाउँदथ्यो ।
नरमी अति नै अधमी अहिले
नव भ्रष्ट ठसक्क गनाउँछ त्यो ।२।

ADVERTISEMENT

मतियार बनेर सुसाउँछ कि ?
अगुवा अझ लुट्न सिकाउँछ कि ?
सुन तस्कर मानव तस्कर ऊ
छ कि देश बिकाउन तत्पर ऊ ? ।३।

झुट झेल र खेल कबाफ भरे
पदलोलुप प्राप्ति भयानक रे !
उसभित्र पसेछ कि रौरव त्यो ?
बनियार बनेछ धुतार भुटो ।४।

नवनायक ती मतियार मिलून्
नव निर्मित ती हतियार खुलून्
मुखले नदिऊन् कि कुशासन त्यो
सुख सौखिन जोड कुबेर छिटो ।५।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *